मल्टिस्टारर फिल्म ‘पुजार सार्की’को इन्टरनेसनल राइट्स बिक्री भएको छ ।
एमएमएस इन्टरटेन्मेन्टले इन्टरनेसनल राइट्स खरिद गरेको फिल्मका निर्देशक दिनेश राउतले जानकारी दिए । उनले कतिमा राइट्स बिक्री भएको हो भन्ने चाहिँ खुलाउन मानेनन् ।
उनले भने, ‘नेपाली फिल्मलाई विदेशमा विस्तार गर्ने उद्देश्यले प्रवासमा रहेका नेपालीहरुले स्थापना गरेको कम्पनीलाई राइट्स बेचेकाले पैसा नखुलाउने सहमति भएको छ । खुलाउँदा उहाँहरुलाई पछि काम गर्न असहज हुन्छ ।’
फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक भएलगत्तै राइट्स बिक्री भएको हो । नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य अभिनय रहने यो फिल्म मंगलबार (भोलि) बाट छायांकनमा जाँदैछ ।
विकास सुवेदीको लेखन रहेको यो फिल्ममा सुवास भुसालको लगानी रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ