सूचनाको शक्ति - The Power Of Information

        

श्री एअरलाइन्सको नेपालगञ्ज-मानसरोवर उडान

श्री एअरलाइन्सको विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बत स्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पहिलो पटक उडान भरेको छ ।

नेपालको भुभागबाट यसरी उडान भरेको यो पहिलो पटक हो ।

सो एअरलाइन्सले २७ हजार फिटको उचाइमा श्री एअरलाइन्स, टेम्पल ट्रिप गु्रप, इन्डिया सिद्धार्थ हस्पिट्यालिटी ग्रुप नेपालजञ्ज र पथिल होलिडेज काठमाडौंको सहकार्यमा कैलाश मानसरोबर दर्शन पर्वतीय उडान गरिएको हो ।

सो उडानमा ४४ जना यात्रु र चालक दलका ५ जना सदश्य रहेका थिए । आजको सफल उडानपछि श्री एअरलाइन्सले आजबाट सो क्षेत्रमा उडान गर्ने योजना अघि सार्ने श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १६:३५

लोकप्रिय