चन्द्रमाको सतहमा अवतरण गरेको जापानको यान ‘स्लिम’ले फेरि काम गर्न थालेको छ । अवतरण भएको एक हप्तासम्म ऊर्जाका कारण काम नगरेको यानले फेरि काम गर्न थालेको जापान एरोस्पेश एक्सप्लोरेशन एजेन्सी (जाक्सा) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
जाक्साले गएराति ल्याण्डरसँग पुनः सम्पर्क स्थापित भएको जनाएको छ । ल्याण्डरसँग सम्पर्क स्थापित भएपछि यसले यानमा भएको ऊर्जा सम्बन्धी त्रुटि समाधान भएको सङ्केत गरेको हो । चन्द्रमामा प्रकाशको अवस्था परिवर्तन भएपछि सौर्य प्रणालीले फेरि काम गर्न थालेको हो ।
जनवरी २० मा चन्द्रमाको सतहमा अवतरण गरेपछि यसको सौर्य प्रणालीले काम गर्न नसकेका कारण ऊर्जा उत्पादन गर्न सकेको थिएन । सौर्य प्रकाशले काम नगरेपछि यानलाई बन्द गर्ने निर्णय गर्नुअघि यसलाई केही समय ब्याट्रीले चलाइएको थियो ।
तर, सूर्यको प्रकाशको अवस्था परिवर्तन भएपछि भने अहिले यानले काम गर्न थालेको छ । चन्द्रमामा यान अवतरण गराएसँगै जापान चन्द्रमामा सफलतापूर्वक यान पठाउने पाँचौ राष्ट्र भएको थियो । यसअघि अमेरिका, रुस, चीन तथा भारतले चन्द्रमामा यान पठाइसकेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ