सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार दोहोरो अङ्कले बढ्यो, कारोबार रकममा वृद्धि

आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ ।

हिजो १० दशमलव ३७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २६ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव ७२ अङ्कमा पुगेको छ । आज बैंकिङ, लघुवित्त र निर्जीवन बीमा बाहेकका समूहको शेयर सामान्य बढेको छ ।

आज युनियन हाइड्रो र अरुण भ्याली हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज गरिमा डिभेन्चरको शेयर १० प्रतिशतले घटेको छ ।

आज हिजोको भन्दा कारोबार रकम बढेको छ । आज एक करोड २३ लाख २२ हजार कित्ता शेयर चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्सको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १६:२१

लोकप्रिय