सूचनाको शक्ति - The Power Of Information

        

कहाँको तापक्रम कति ?

काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज न्यूनतम तापक्रम केही बढेको छ ।

आज बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बिहान यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस थियो । काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम २.१ डिग्री सेल्सियस नै भएको महाशाखाले जानकारी गराएको छ ।

महाशाखाका अनुसार, सोमबार जुम्लाको न्यूनतम तापक्रम –४.५, डडेलधुराको २.७, दिपायलको २.९, काठमाडौंको ३.०, वीरेन्द्रनगरको ३.३, सिमराको ३.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

weqfdg-1706503073.jpg
आइतबार जुम्लाको न्यूनतम तापक्रम –४.९ डिग्री सेल्सियस थियो ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार ११:४५

लोकप्रिय