२०८२ पुस ३० , बुधबार 14, January 2026, Wednesday

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ १५ गते सोमबार

 शुक्रबारदेखि स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ ।

आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमबार