इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको परिसरमा निर्मित नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य र लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले संयुक्तरुपमा भवनको उद्घाटन गर्नुभयो ।
कोहलपुर नगर विकास समितिको २२ लाख ६२ हजारको सहयोगमा चार कोठे भवन निर्माण भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले भवन निर्माणसँगै सेवाग्राहीलाई छिटोछरितो र सहज तरिकाले सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।
कार्यालयको पर्खालमा चेतनामूलक भनाइहरू लेखिएका बोर्डहरू टाँसिएको छ । त्यसैगरी नागरिक सहायता कक्ष, दर्ता चलानी कक्ष, सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको कक्ष समेत निर्माण गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके