अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ । आइतबार बसेको बोर्ड बैठकले तत्काल लागु हुने गरी निलम्बन हटाएको हो ।
सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।
श्रीलंका क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो । त्यसैको कारण यू–१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिकामा सरेको हो ।
श्रीलंकामा हुने तय भए पनि बोर्ड नै निलम्बनमा परेपछि प्रतियोगिता दक्षिण अफ्रिका सार्नुपरेको थियो । श्रीलंकाको क्रिकेट टोलीलाई भने आईसीसीले अन्तर्राष्ट्रिय खेल खेल्न कुनै रोक लगाएको थिएन ।
अहिले श्रीलंका क्रिकेट बोर्डले सदस्यको दायित्व उल्लंघन नगरेको आईसीसीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ