सूचनाको शक्ति - The Power Of Information

        

असई भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युरिया मल र मोटरसाइकल छुटाइदिन्छु भनेर ८ हजार घुस/रिसवत लिने प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बाँकेस्थित प्रहरी चौकी खडैचामा कार्यरत असई भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनेर घुस/रिसवत लिएको अभियोग छ ।

आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले असई भण्डारीलाई सेवाग्राहीबाट ८ हजार लिएको अवस्थामा गत पुस २५ गते रंगेहात पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता नरहरि आचार्यका अनुसार भण्डारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो जरिवाना र कैद सजायको मागदावी गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार ०८:२८

लोकप्रिय