सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० माघ १५ गते सोमवारको राशिफल

२०८० माघ १५ गते सोमवार, २९ जनवरी २०२४ । माघ कृष्णपक्ष चतुर्थी तिथि । पूर्वफाल्गुनी नक्षत्र, १७ः२७ बजेपछि उत्तरफाल्गुनी । चन्द्रराशि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्ययनमा राम्रो प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोगले फाइदा उठाउन सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । लगानी परे पनि तत्काल फाइदा नहुने काममा समय बित्नेछ । दोहोर्याएर प्रयत्न गर्दा काम सम्पादन हुनेछ । तर, परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ । पहिलेका समस्या समाधान हुनाले थप अवसर पाइनेछ । निरन्तर लागिपर्दा अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सानो गल्तीले वादविवादमा परिएला । आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पनि दुःख पाइनेछ । काममा केही खर्च लागे पनि पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर जुट्नेछ । मिहिनेतले उपलब्धि दिलाउनेछ । सम्पादित कामबाट आंशिक लाभ हुनेछ । फाइदा हुने काममा सम्झौता गर्ने समय छ । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्न सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । प्रतिकूल परिस्थितिमा पनि सामान्य लाभ भइरहनेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । सहयोगीहरूको साथले काममा उत्साह प्राप्त हुनेछ । रमाइलो जमघटको आनन्द पनि प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ । उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ । समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । सहयोगी भावनाले सञ्चित रकम खर्च गराउन सक्छ । चल–अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि मनग्य फाइदा उठाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । तारिफयोग्य कामले लोकप्रियता समेत दिलाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सोचेको काम समयमा नबन्न सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ । मिहिनेतले केही आशा पनि जगाउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

चुनौतीपूर्ण काम गर्नु परे पनि केही लाभ हुनेछ । भौतिक साधन जुट्नुका साथै नयाँ काम थाल्ने समय छ । व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु र रोगबाट भने सजग रहनुपर्ला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार ०८:२२

लोकप्रिय