सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जबाट अवरुद्ध उडान हुस्सु हटेपछि सुचारु

शनिबारदेखिको हुस्सु हटेपछि नेपालगन्ज विमानस्थलबाट उडान सुरु भएको छ । बाक्लो हुस्सु लागेपछि नेपालगन्जबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान शनिबारदेखि अवरुद्ध भएको थियो ।

बाक्लो हुस्सु हटेपछि आइतबार २ बजेदेखि उडान सुरु भएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ । नेपालगन्जबाट काठमाडौंका लागि बुद्ध एयरका तीन, श्री एयरका दुई र यति एयरको एक वटा उडान हुँदै आएको छ ।

नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगन्जबाट उडान भर्दै आएका छन् । यसअघि नेपालगन्जबाट उडान अवरुद्ध हुँदा सयौं यात्रुहरु नेपालगन्जमा अलपत्र परेका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार १६:१३

लोकप्रिय