सूचनाको शक्ति - The Power Of Information

        

‘पूजार सार्की’मा यस्ता देखिनेछन् आर्यन, प्रदीप र पल

फिल्म ‘पूजार सार्की’को आकर्षक पोस्टर सार्वजनिक गरिएको छ ।

निर्माण टिमले फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई प्रस्तुत गर्दै पोस्टर सार्वजनिक गरेका हुन् ।

केहि पुरानो शैलीमा निकै आकर्षक पोष्टर रोयल भीमसेनले डिजाईन गरेका छन्। पोष्टरमा आर्यन र पलको गज्जबको हाँसो देखिएको छ भने प्रदिप ओठ टोकेर आँखा सन्काउदै गरेको अवस्थामा देख्न सकिन्छ।

दिनेश राउतको निर्देशन रहने फिल्ममा सुभाष भुषालको निर्माण रहने छ ।  फिल्मका लेखक विकास सुवेदी हुन् । सुवेदीसँग निर्देशक राउतको यसअघि ‘प्रकाश’मा सहकार्य भएको थियो ।

एक कम्युनिष्ट व्यक्तिले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने विषयमा आधारित भएर फिल्म बन्नेछ । फिल्मको  छायांकन माघ २६ गते मंगलबारबाट कास्कीकोटमा सुरु गरिँदैछ

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार १५:१९

लोकप्रिय