अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित राहदानी विभागको परिचयपत्र शाखामा करारमा कार्यरत तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीबाट घुस लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
राष्ट्रिय परिचयपत्र सहजीकरणका निम्ति राहदानी विभागमा खटाइएका भट्टराईले सेवाग्राहीलाई राहदानी बनाइदिने भन्दै रकम लिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीका लागि सेवाग्राहीसँग ३४ हजार रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा खुलेको थियो ।
सुमी धामी भनिने सुमित्रा सापकोटाले भट्टराईलाई घुस लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ