सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जबाट ५ जना तस्करसहित ठुलो परिमाणमा अवैध सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छली गरेर नेपालगन्ज ल्याइँदै गरेको ठुलो परिमाणको अवैध सामग्रीसहित ५ जनलाई नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुशील रावलको कमाण्डको टोलीले आज बिहान भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध कुर्ता सुरवाल लगायतको सामग्री र तस्करीमा प्रयोग गरिएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल र साइकलसहित अवैध तस्करीमा संलग्न ५ जनालाई  पक्राउ गरेको जनाएको छ ।

रावलको टोलीले नेपालगन्ज-१२ बाट पक्राउ गरेको जानकारी दिएको छ । बरामद गरिएको २ लाख २५ हजार २ सय रुपैयाँ बराबरका अवैध सामग्री, मोटरसाइकल, साइकलसहित पक्राउ परेका ५ जनालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यतिबेला बाँके प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहरा तस्करीविरुद्ध खरो रुपमा उत्रदै आएका छन् । अवैध गतिविधि र  तस्करीविरुद्ध कुनै सम्झौता नगर्ने बताउने एसपी बोहरा बाँकेको समग्र शान्तिसुरक्षाप्रति निकै कतिवद्ध भएर लाग्दै आएका छन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार १५:०४

लोकप्रिय