सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उपमहानगरपालिका:

चिसो बढ्दै गएपछि नेपालगञ्जका विद्यालयमा पुनः जाडो विदा

शीतलहर चलेपछि जनजीवन नराम्ररी प्रभावित

निरन्तर शीतलहर चलेर चिसो अत्याधिक बढेपछि नेपालगन्जका विद्यालयरुमा पुनः जाडो विदा दिइएको छ ।

अत्याधिक जाडो तथा शीतलहरको प्रकोपले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि माघ १५ र १६ गते दुई दिन नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरुमा जाडो विदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।

May be an image of ticket stub and text that says 'বিবশী 520338 520316 166081 16608152052 081-520240 नेपालगंज उप-महानगरपालिका इमेन: nepalgunjmun@gmail.com शमानगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद महाशाखा नेपालगन्ज बाके सुम्विनी प्रदेश पत्र संख्या: २०६०5१ चलानी नं. 2४७ मितिः२०५०1१०११४ विषय जाडो विदा सम्वन्धमा श्री सम्पूर्ण विद्यालयहरु (सामुदायिक,संस्थागत र धार्मिक) नेपालगन्ज उप महानगरपालिका,बांके प्रस्तुत विषय सम्वन्धमा निरन्तर रुपमा वददै गएको अत्यधिक जाडो तथा शितलहरको प्रकोपका कारण वालवालिकाहरुको स्वस्थ्यमा प्रतिकुल असर पर्ने देखिएकोले नेपालगन्ज उप महानगरपालिका का.वा.नगर प्रमुख ज्यूको आदेशानुसार पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा मिति २०50૧0੧५ गते दिन जाडो विदा गर्नु हुन सम्पूर्ण विद्यालयहरुलाई जानकारीका लागि अनुरोध छ। Sil गोख महादुर उप-सानिव'

यसअघि माघ ४ गतेदेखि ८ गतेसम्म पनि विद्यालयहरुमा जाडो विदा दिइएको थियो । तर, मौसममा सुधार नभएपछि फेरि विदा दिइएको छ । बाँकेमा एक महिनादेखि निरन्तर शीतलहर चलेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार १४:५७

लोकप्रिय