सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा जिपको ठक्करबाट बाबुको मृत्यु, छोरी घाइते

चितवनमा बाबु छोरी सवार मोटरसाइकललाई जिपले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन् ।

मंगलबार साँझ भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ००१ च ११९७ नम्बरको जिपले बा.प्र.००३ प ८६२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाँउका ४१ बर्षीय मधुसुदन खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलको पछाडि बसेकी मधुसुदनकै छोरी १५ बर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएकी छिन् । दुबै खुट्टामा चोट लागेकी अपेक्षाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ठक्कर दिने सवारी चालक र जिपलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार १४:४५

लोकप्रिय