प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन भएको छ ।
हुथी वरिष्ठ अधिकारीहरूमाथि अमेरिकी–ब्रिटिश प्रतिवन्धहरू अस्वीकार गर्दै र उत्तरी यमनमा हवाई आक्रमणको निन्दा गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
सहभागीहरूले प्यालेस्टिनी–यमनी झण्डा फहराएका थिए । हुथी नेताहरूको तस्बिरसहितका प्लेकार्ड बोकेका थिए भने अमेरिका र इजरायलविरुद्ध नारा लगाएका थिए ।
एक प्रदर्शनकारी हातम अल–महाकरीले गाजाका उत्पीडित जनताको साथमा उभिन र उनीहरूको पीडा बाँड्न आफूहरुले आन्दोलन गर्नुपरेको बताएका छन् ।
हुथी सेनाका प्रवक्ता याह्या सारियाले नौसेनाले अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्कर मार्लिन लुआण्डामा धेरै मिसाइलहरू प्रहार गरेको बताउनुभएको थियो ।
संयुक्त राज्य अमेरिकाले जनवरी १७ मा हुथी समूहलाई विश्वव्यापी आतंकवादीको रूपमा पुनः नामाङ्कित गरेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ