सूचनाको शक्ति - The Power Of Information

        

एपीएफका प्रिन्स दाहाललाई प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी

सशस्त्र प्रहरीको विभागिय टोली एपिएफका प्रिन्स दाहालले ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधी हात पारेका छन् ।

नेपालगन्ज रंगशालास्थित कर्वड हलमा सम्पन्न भएको फाईनल खेलमा पुरुष एकलतर्फ नेपाल आर्मीका कविर केसीलाई २१–७, २१–१४ को सोझो सेटमा पराजित गर्दै दाहालले उपाधि हात पार्नुभयो । नेपाल प्रहरीका जीवन आचार्य र एपिएफका अमन महर्जन तेस्रो हुनुभएको छ ।

सोही प्रतियोगितामा महिला एकलतर्फ नेपाल आर्मीकी रसिला महर्जनले एपिएफकी शोभा गौचनलाई २१–१०, २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधित हात पाार्नुभयो । एपिएफकी गौचनले उपविजेतामा चित्त बुझाउनु पर्याे । प्रतियोगितामा नेपाल प्रहरीका निता लम्साल र कैलालीकी एलिना सुनार तेस्रो भएका छन् ।

प्रतियोगितामा पुरुष युगलतर्फ एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी पहिलो भएको छ । उक्त जोडीले एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीलाई २१–१४, २१–११ को सोझो सेटमा पराजित गर्यो । एपिएफका अमन महर्जन र रोशन साउदको जोडी तथा नेपाल प्रहरीका जीवन आचार्य र विष्णु कटवालको जोडी तेस्रो भयो ।

प्रतियोगितामा पुरुष युगल (भेट्रान्स ४५ प्लस) तर्फ  बाँकेका जयन्त श्रेष्ठ र अनिल लाखेको जोडी पहिलो भएको छ । श्रेष्ठ र लाखेको जोडीले नेपालगन्जका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई २२–२०, २१–१६ सोझो सेटमा पराजित गरेको थियो । बुटवलका बीरेन्द्र बिष्ट र रितेश थापाको जोडी दोस्रो तथा बाँकेका अरुण गौतम र अभयलाल श्रेष्ठको जोडी तेस्रो भएको छ ।

यस्तै, पुरुष युगल(बी लेभल) तर्फ सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी पहिलो भएको छ । नेपाल प्रहरीका चक्रबहादुर डम्बरपाल र अविक श्रेष्ठको जोडी तथा गुलरियाका सरद खड्का र अनुपम न्यौपानेको जोडी तेस्रो भए ।

प्रतियोगितामा पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार नगद प्राप्त गरेका छन् । यस्तै, महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गरेका छन्, भने पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गरेका छन् ।

यस्तै, पुरुष युगल (भेट्रान्स ४५ प्लस) का विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १०/१० हजार रुपियाँ पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार नगद प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार १०:४४

लोकप्रिय