सूचनाको शक्ति - The Power Of Information

        

यात्रुले कोरोनाको कुरो कोट्याएपछि जहाज डेढ घण्टा अलपत्र

काठमाडौंबाट दोहातर्फ उड्न ठिक्क परेको कतार एअरवेजको विमानलाई रनवे नपुग्दै ट्याक्सी वेबाट फर्काइएको छ । हिजो बिहान ११ बजे त्यसतर्फ हुन लागेको उडान यात्रुले आफूलाई कोरोना संक्रमण भएको बताएपछि झण्डै दुई घण्टा रोकिएको थियो ।

क्युआर ६५३ को विमान उडानलाई लागि रनवेतर्फ जाँदै गर्दा लेबनानी नागरिकले एअर होस्टेसलाई बोलाएर आफूलाई कोरोना संक्रमण भएको बताएकी थिइन् । राहदानी नम्बर २६५६००६ वाहक ४२ वर्षीया सबायोन रानियाले सँगैको सिटमा रहेका अर्का यात्रुलाई कोरोना संक्रमणबारे बताएकी हुन् ।

त्यसपछि पाइलटले विमानलाई पुनः पार्किङ्गमा ल्याएको बुझिएको छ । कोरोना संक्रमणको आशंकामा तेर यात्रुलाई चेकको निम्ति धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुर्याइएको थियो । नियमित उडानको समयभन्दा डेढ घण्टा ढिलो विमान पौने १ बजे दोहा प्रस्थान गरेको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार १०:३५

लोकप्रिय