सूचनाको शक्ति - The Power Of Information

        

सबै सम्पति कुकुर र बिरालोलाई दान

मानिसहरु घरपालुवा जनावरलाई कति माया गर्छन् भन्ने एउटा उत्कृष्ट उदाहरण चीनको सांघाई सहरबाट आएको छ । लिउ नाम गरेकी एक वृद्ध चिनियाँ महिलाले आफ्नो २.८ मिलियन डलरको सम्पत्ति आफ्ना घरपालुवा जनावर कुकर र बिरालोको नाम गरिदिएकी छन् ।

छोराछोरीले आफ्ना हेरचाह तथा भेट गर्न छोडेपछि रिसाएकी ती महिलाले सबै सम्पत्ति छोराछोरीको सट्टा आफ्नो घरपालुवा जनावरको नाममा वसीयत बनाएकी हुन् । मिडिया रिपोर्ट अनुसार ती महिलाले आफ्ना छोराछोरीका लागि करिब २३ करोड रुपैंया दिएकी थिइन् ।

तर छोराछोरीले बिरामी हुँदा समेत वास्ता नगरेर अलपत्र पारेपछि उनले वसीयतनामा कुकर र विरालोको नाममा परिवर्तन गरेकी हुन् । आफूसँग कोही नभएको बेला जनावरहरू नै सबै थोक भएको दाबी गर्दै उनले आफ्नो सम्पूर्ण सम्पत्ति र पैसा कुकुर र विरोलाई लाई हस्तान्तरण गरेकी छन् ।

ति महिलाले बनाएको नयाँ इच्छापत्रमा आफ्नो सम्पूर्ण सम्पत्ति र पैसा घरपालुवा कुकुर र बिरालोमा खर्च गर्नुपर्ने शर्त राखिएको छ । वास्तवमा चिनियाँ कानूनले कसैलाई पनि आफ्नो सम्पत्ति वा पैसा सीधै जनावरहरूलाई छोड्न अनुमति दिँदैन । त्यसकारण लिउले स्थानीय भेटेरिनरी क्लिनिकलाई प्रशासकको रूपमा नियुक्त गरेर यो इच्छा तयार पारेकी छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १४ माघ २०८०, आइतवार ०९:४८

लोकप्रिय