प्रवासमा रहेर गायन मार्फत अनवरत रूपमा नेपाली गीतसङ्गीतमा क्रियाशील नीता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गीत गायनमा आचार्यलाई स्वरमा प्रताप दासले साथ दिएका छन् ।
डिपी खनालको शब्द, शंकर थापा ‘स्माईल’को सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन छ ।
केशवराज भट्टको निर्देशनमा गीतको भिडियो बनेको छ । जसमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीको अभिनय छ । नवराज उप्रेतीको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको भिडियो गायिका आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ