सूचनाको शक्ति - The Power Of Information

        

‘रङ्गेली’को गीत ‘हातैले उघाएर’मा शिल्पा र प्रिन्सको नृत्य

आगामी फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक भएको छ । गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा निशान भट्टराई र लीला गजमेरको स्वर छ ।

गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माको आकर्षक नृत्य छ । भिडियोको बिच बिचमा फिल्मका दृश्यहरू राखिएका छन् । गीतमा कोरियोग्राफी शिशिर खातीको छ ।

अर्जुन सुवेदीको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका छ ।

फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति रहेका छन् ।

नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा फिल्म एकसाथ रिलिजको तयारी छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार ०९:१६

लोकप्रिय