संसारको सबैभन्दा ठूलो क्रुज पानी जहाजले पहिलो यात्रा गर्ने भएको छ ।
आइकन अफ द सिज नाम दिइएको यो क्रुज जहाजले अमेरिकाको फ्लोरिडास्थित मायामी तटबाट आफ्नो पहिलो यात्रा गर्न लागेको हो ।
३६५ मिटर लामो यो जहाजमा एकैपटक ७ हजार ६ सय यात्रुहरु बस्न सक्छन् । यो जहाज रोयल क्यारिबियन समूहको स्वामित्वमा छ ।
पहिलो यात्रामा यो जहाजले सात दिन क्यारेबियन क्षेत्रका टापुहरुको भ्रमण गर्नेछ । तर वातावरणविद्हरूले तरल प्राकृतिक ग्यासबाट चल्ने जहाजले हावामा हानिकारक मिथेन चुहावट गर्ने चेतावनी दिएका छन् ।
जहाज कम्पनीका प्रवक्ताले भने अन्तर्राष्ट्रिय सामुद्रिक संगठनले निर्धारण गरेको आवश्यकता भन्दा यो जहाज २४ प्रतिशत बढी ऊर्जा कुशल भएको जिकिर गरेका छन् ।
यो जहाजमा सातवटा स्विमिङ पूल, छ वटा वाटरस्लाइड र ४० भन्दा बढी रेस्टुरेन्ट, बार र लाउन्जहरू रहेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ