सूचनाको शक्ति - The Power Of Information

        

नाइजेरिया अफ्रिका कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

नाइजेरिया र एंगोला अफ्रिका कप अफ नेशन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिनमा क्यामरुनलाई २–० ले हराउँदै नाइजेरिया क्वाटरफाइनलमा पुगेको हो ।

कठिन प्रतिद्धन्द्धी क्यामरुनविरुद्धको खेलमा नाइजेरियालाई विजयी गराउन एडेमोला लुकम्यानले दुई गोल गरे । नाइजेरियाले अब क्वाटरफाइनलमा एंगोलाको सामना गर्नेछ । राउण्ड अफ सिक्सटिनमा नामबियालाई ३–० ले हराउँदै एंगोला क्वाटरफाइनलमा पुगेको हो ।

नामिबियाविरुद्धको खेलमा एंगोलालाई विजयी गराउन गेल्सन डालाले दुई गोल गर्दा अगष्टीनो माबुलुलुले एक गोल थपे ।

अफ्रिका कप फुटबलमा आज राती दुई खेल हुनेछन् । आज गिनीले इक्वेटोरियल गिनिसँग खेल्दा इजिप्ट र कंगो भिड्ने छन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार ०८:४१

लोकप्रिय