अवैध गतिविधि र चोरी तस्करी नियन्त्रणका लागि सीमा नाकामा खटिएको सशस्त्र प्रहरीले बाँकेबाट ठुलो परिणाममा अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले गत साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा लुम्बिनीमै सबैभन्दा बढी ७ करोड ५३ लाख ९४ हजार ९३१ रुपियाँ बराबरको अवैध सामग्री बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी रमेश विक्रम शाहीका अनुसार हरेक महिनामा १ करोड भन्दा बढीको अवैध सामाग्री बरामद गर्न सफल भएको छ।
सशस्त्र प्रहरीले लुम्बिनीका सीमामा हुने अवैध तस्करी मात्रै नभई सीमा नाकाबाट हुने मानव बेचविखन रोकथाम, लागूऔषध कारोबारविरुद्ध र अपराधलाई समेत नियन्त्रण गर्दै आएर जिल्लामा शान्ति सुरक्षामा समेत उल्लेखनीय भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी शाहीले बताउनुभयो।
लुम्बिनी प्रदेश सशस्त्र प्रहरी मुख्यालय नम्बर ५ विन्ध्यावासीनी बाहिनीका अनुसार प्रदेशका ६ जिल्लाबाट सशस्त्र प्रहरीले गत ६ महिनाको अवधिमा १६ करोड ९ लाख ९२ हजार ९७ करोड रुपियाँ बराबरको भन्सार छली गरेर ल्याइएका अवैध सामाग्री बरामद गरेको छ।
लुम्बिनी प्रदेश सशस्त्र प्रहरी मुख्यालय नम्बर ५ विन्ध्यावासीनी बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि खत्रीले बाँकेमा सबैभन्दा बढी ७ करोड ५३ लाख ९४ हजार ९३१ रुपियाँको सामान बरामद गरिएको बताउनुभयो।
रुपन्देहीमा ३ करोड ३५ लाख ३२ हजार ८३५, नवलपरासीमा २ करोड ८ लाख ३२ हजार ३५१, कपिलवस्तुमा ९४ लाख ३१ हजार २७०, बर्दियामा ५६ लाख ९१ हजार २३७ र दांगमा ४६ लाख ९ हजार ४७३ रुपियाँको सामान बरामद भएको छ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक खत्रीले बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकाबाट सौन्दर्यकरण कार्यको थालनी गर्दै सशस्त्र प्रहरी विन्ध्यावासीनी बाहिनीले जमुनाह सीमा नाकामा स्वच्छ र शुद्ध खानेपानीको समेत व्यवस्था गरेको बताउनुभयो।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके