सूचनाको शक्ति - The Power Of Information

        

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

आज २०८० साल माघ १४ गते आइबार तदनुसार सन् २०२४ जनवरी २८ तारिख । मगा नक्षत्र, सिंहमा चन्द्रमा छन् । माग कृष्ण तृतीय तिथि । आज विश्व कुष्ठरोग दिवससमेत परेको छ । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ ।

आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ ।

यस्तो छ पूजा गर्ने विधि

आइतबारको दिन बिहान छिट्टै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने । त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ । पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल र चामल चढाउनुपर्छ । साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनुपर्छ । त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्

प्रा.तस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि ।
सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम् ।
ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे । निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे ।।
त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम् । भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस् ।

माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस् । यसो गर्दा सुर्य दोष नाश हुने भनाइ छ ।धर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार ०७:३६

लोकप्रिय