सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० माघ १४ गते आइतवारको राशिफल

२०८० माघ १४ गते आइतवार, २८ जनवरी २०२४ । माघ कृष्णपक्ष तृतीया तिथि । मघा नक्षत्र, १४ः५० बजेपछि पूर्वफाल्गुनी । चन्द्रराशि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । तर स्वास्थ्य कमजोर हुनाले काममा विलम्ब हुन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । काम मुस्किलले सम्पादन हुनेछन् । आफ्ना काममा अरूको मुख ताक्ने बानीले पनि पछि परिनेछ । कामको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ । मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ । कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । नयाँ काममा जग बसाउने मौका छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । खर्च हुने डरले सताउन सक्छ । सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ । आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि सम्पादित कामबाट केही धन लाभ हुनेछ । मिहिनेतले आम्दानी बढ्नेछ । तर, विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । भेटघाटमा अलमलिनाले काममा बाधा हुनेछ । अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि काम गर्न सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सानातिना समस्यामै अल्झनुपर्नेछ । अरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । समयमा लगनशील बन्न नसक्ता पछि परिनेछ । तापनि नयाँ काममा जग बसाउने समय छ । कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग वादविवाद हुन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । व्यवसायमा लाभ लिन केही समय लाग्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले दौडधुप गराउन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला । गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछन् । तापनि नियमित काम सम्पादन हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

खर्च लागे पनि रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । साथीभाइसँग भेटघाट हुनेछ । तर सरसापटमा केही रकम बाहिरिन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । अधिकारका लागि सजग रहनुपर्ला । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । काम बिग्रने भयले पनि सताउनेछ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतवार ०७:२३

लोकप्रिय