बाँकेमा रक्त संकलन घुम्ती बस सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त संकलन घुम्ती बस सेवा संचालन गरेको हो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस सेवा आज एक कार्यक्रमका बीच रेडक्रसलाई हस्तान्तरण गरेको हो ।
एनआरएनएका अध्यक्ष डा. बद्री केसीले कार्यबहाक नगर प्रमुख कमरुद्दिन राई र रेडक्रस बाँके शाखाका सभापति गोवर्द्धन सिंह सम्झनालाई बसको चाँबी हस्तान्तरण गरेका थिए ।
बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख राई र डा. केसीले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।
अत्याधुनिक सेवा सुविधा सहितको वातानुकुलित बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, भण्डारण फ्रीज, आराम कक्षको व्यवस्था छ ।
ग्रामीण इलाकामा पुगेर रगत संकलन गर्न सहजता पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अहिलेसम्म लुम्बिनीसहित पाँच प्रदेशमा रक्त संकलन घुम्ती बस हस्तान्तरण गरिसकेको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले बताए । अब कर्णाली र गण्डकीमा बस हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक प्रमुख राईले सरकार पुग्न नसकेको ठाउँमा रेडक्रस पुगेको बताउँदै रक्त संकलन घुम्ती बस सेवाले मानवीय सेवामा अर्को आयाम थपिएको उल्लेख गरे ।
उनले बस सेवा सुरु भएपछि ग्रामीण क्षेत्रमा पुगेर रगत संकलन गर्न सहज हुने विश्वास व्यक्त गरे । एनआरएनएका अध्यक्ष डा. केसीले नेपालको विकास र समृद्धिका लागि एनआरएनले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै लगानीमैत्री वातावरण बनाइदिन सरकारसंग आग्रह गरे ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका सल्लाहकार टेकबहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव नवराज ढुंगाना, रक्तदाता संस्थाका तर्फबाट जनमत अर्धसाप्ताहिकका पूर्णलाल चुके, रेडक्रस बाँकेकी उपसभापति शान्ति श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, पूर्व सांसद शान्ता चौधरी, एनआरएनएका पदाधिकारी, रेडक्रसका विभिन्न तहका पदाधिकारी लगायत उपस्थित थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके