संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ ।
शुक्रबार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएर १६ गते जनप्रदर्शनसहित महानगरमा धर्ना दिने जानकारी दिएको छ । सबै फुटपाथ व्यवसायीलाई भेला गरेर माघ २८ गते वृहत सडक आन्दोलन गर्ने जानकारी दिइएको छ ।
संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्न माघ १७ गते जिल्ला प्रशासन कार्यलय, १८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालय र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए ।
उनले काठमाडौं महानगरपालिकाले फुटपाथ र साना व्यवसायीहरूको माग अहिलेसम्म सम्बोधन नगरेका कारण आन्दोलन गर्न बाध्य भएको बताए । उनले महानगरले फुटपाथ व्यापारीहरूको जफथ गरेको सामान फिर्ता गर्न माग गरे ।
उनले स्वरोजगार श्रमिकका लागि वैकल्पिक कार्यस्थलको सुनिश्चित गरी महानगरभित्रका सबै वडामा सस्तो बजार व्यवस्था गर्न माग समेत गरे ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ