सूचनाको शक्ति - The Power Of Information

        

‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक गरिएको छ ।मिलन चाम्सको निर्देशनमा निर्माण भएको फिल्मको ट्रेलरमा फिल्मका कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

अभिनेता शिशिर वाङ्देलको सशक्त ‘भ्वाइस ओभर’बाट सुरु भएको ट्रेलरमा मलायाको जंगलमा आतंकवादीसँग गोर्खा सैनिकले लडेको लडाइँलाई देखाइएको छ ।

गोर्खा सैनिकले सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा देखाएको बहादुरीको कथामा आधारित भएर फिल्म बनेको हो ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् ।

सुरेश राई सह-निर्मातामा छन् । फिल्ममा सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण भएको सिनेमाको काठमाडौं तथा लाहुरेको सहर पोखरा र धरानमा प्रिमियर शोको आयोजना गर्ने तयारी निर्माण टिमको छ ।

फिल्ममा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायतको अभिनय छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १२:४५

लोकप्रिय