सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटका २९ जना बालबालिका मामाघरमा

जाजरकोटबाट ललितपुरको मामाघर जाँदै गरेका बालबालिकाहरू ।

जाजरकोटबाट भूकम्प पीडित २९ जना बालबालिका मामाघर अनाथालय सर्पोट एन्ड केयर सेन्टर ललितपुरले लिएको छ । भूकम्पमा परी अभिभावक गुमाएका वा अन्य विपद्मा परी समस्याका परेका कुशे र बारेकोट गाउँपालिकाका २९ जना बालबालिकाको हेरचाह अनाथालयले गर्ने भएको हो ।

कुशेका १६ जना र बारेकोट गाउँपालिकाको १३ जना बालबालिकाको शिक्षा, पालनपोषण मामाघर अनाथालय सर्पोट एन्ड केयर सेन्टर ललितपुरले गर्नेछ । स्थानीय समाजसेवी विकास रोकायाको पहलमा कक्षा १२ सम्म निःशुल्क पढाइने गरी बालबालिकाहरू लाई मामाघर लगिएको हो । जाजरकोट यतिबेला भूकम्पका कारण निकै समस्या छ ।

समाजसेवी रोकायाले भने, ‘बालबालिकाको शिक्षा, दीक्षा समेत अभिभावले दिन नसक्ने कुराको ख्याल गरी उनीहरूलाई त्यहाँ पठाइएको छ ।’ स्थानीय तहको सिफारिसमा निकै जोखिममा परेका बालबालिका छनौट गरी पठाइएको उनले जानकारी दिए । अनाथालयका कर्मचारीहरू नै जाजरकोट पुगी सबै कानुनी प्रक्रिया पुरा गरेर उनीहरूलाई ललितपुर लिएको समेत विकासले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १०:१७

लोकप्रिय