जुम्लाको पातारासी गाउँपालिका–१ मा रहेको गढीगाउँ आजसम्म पनि सञ्चारको सुविधाबाट बञ्चित छ । जिल्लाको पूर्वी भेगमा पर्ने पातारासीको बजार क्षेत्रमा पर्ने डिल्लीचौर लासीआसपास गाउँबाहेक पातारासीका धेरैजसो गाउँ सञ्चारविहीन रहेको स्थानीयवासी दिनेश ऐडीले जानकारी दिए ।
सदियौँदेखि सञ्चारविहीन गढीगाउँका बासिन्दाले पुरानै प्रणालीअनुसार खबर आदान–प्रदान गर्दै आएका छन् । खबर आदान–प्रदान गर्न रैबार पठाउने वा मान्छेमार्फत खबर आदान–प्रदान गर्ने गरिन्छ । २५० घरधुरी रहेको गढीगाउँमा एक हजार ४५८ जनसङ्ख्या रहेको त्यहाँका बासिन्दाको भनाइ छ ।
वडासचिव नरबहादुर बुढाका अनुसार वडा कार्यालयमा टेलिफोन र इन्टरनेट नहुँदा अनलाइनमार्फत गर्नुपर्ने पञ्जीकरणका काम गाउँपालिकाको कार्यालय डिल्लीचौर पुगेर गर्नुपरेको छ । गाउँमा टेलिफोन सेवा नहुँदा खबर आदानप्रदान गर्न निकै समस्या भएको छ । तल्फीको गाउँमाथि डाँडामा टेलिफोनको टावर निर्माणाधीन अवस्थामा छ । सो टावर बनेपछि गाउँमा टेलिफोनको सुविधा पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जुम्ला