बाँकेमा सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन् ।
सव-डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएर गएको टोलीले सहायक वन अधिकृत पार्देलाई विहिबार साँझ नेपालगन्ज-११ बाट पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।
पार्देलाई सेवाग्राहीबाट ७ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको ४५ हजार ९ सय ७५ समेत गरी जम्मा ५२ हजार ९ सय ७५ रुपैयाँसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेलेले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके