म्याग्दीको बेनीमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बिहीबार साँझ बेनी नगरपालिका- ८ क्याम्पसचोकमा अन्धाधुन्ध धारिलो हतियार प्रहारबाट रघुगंगा गाउँपालिका- १ बेगका घर भई हाल बेनी नगरपालिका- ८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्वुजाको मृत्यु भएको हो ।
धारिलो हतियार प्रहारबाट उनी गम्भीर घाइते भएका थिए । घाइते सुशिलको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डिएसपी मदन कुवँरले बताए ।
मृतकका साथी बेनी नगरपालिका- ६ अथुङ्गेका अनुराग शाहीको हातमा चोट लागेको छ ।सदरमुकाम बेनीमा जारी प्रथम म्याग्दी कप भलिबलको खेल हेरेर फर्किएको टोलीलाई अर्को समूहले आक्रमण गरेको हो ।
‘घटनामा संग्लनको पहिचान भइसकेको छ । उनीहरुको खोजिमा लागेका छौँ । छिट्टै पक्राउ गरेर सत्यतथ्य बाहिर ल्याउँछौँ’, डिएसपी कुवँरले भने ।
मृतक युवासहितको समूह सवार मोटरसाइकललाई अर्को समूहले घेरेर प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ