प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विभागीय क्लब एपिएफले लगातार तीन हारपछि पहिलो जित हासिल गरेको छ। बिहीबार सिद्धार्थनगरमा भएको खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा अलआउट हुँदै १ सय ३३ रनमा समेटियो। उसका लागि दिलसाद अलीले ३९ रन बनाउनु सर्वाधिक रह्यो।
त्यस्तै, मृनल गुरुङ्ले ३४ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा विराट भण्डारीको २३ तथा प्रज्वल थापाको ११ रन रह्यो। एपिएफका लागि रमेश कुर्मीले ५ विकेट लिँदा भुवन कार्कीले ३ विकेट हात पारे।
१ सय ३४ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफले २२.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। एपिएफको जितमा कप्तान रोहित पौडेलले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा पुरन बिकेले ३३ तथा लोकेश बमले १६ रन बनाए।
जितसँगै एपिएफ ६ खेलबाट ६ अङ्कका साथ तालिकाको छैटौं स्थानमा रहेको छ। पराजित भएको लुम्बनी ५ खेलबाट १ जितका साथ अङ्क तालिकाको ९ औँ स्थानमा रहेको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ