काठमाण्डौ उपत्यकामा आज यो सिजनको सबैभन्दा कम तापक्रम मापन भएको छ ।
आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो ।
यसअघि गएको सोमवार काठमाण्डौको न्यूनतम तापक्रम तीन दशमलव २ डिग्री मापन गरिएको थियो । आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपात भएका कारण चिसो बढेको हो ।
आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ४, डडेलधुराको १ दशमलव ७ डिग्री, दीयापलको शून्य दशमलव ८ र धनगढीको १ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ