सूचनाको शक्ति - The Power Of Information

        

तौल कम गर्ने जापानी तरिका

जापानी व्यक्तिहरुको आफ्नो फिट शरीर तथा स्वस्थ जीवनका लागि चिनिन्छन् । उनीहरु फिट शरीर बनाउनका लागि कसरत तथा खानपान दुबैलाई एकदमै कडा रुपमा फलो गर्छन् ।

यदी तपाईं पनि जापानी व्यक्तिहरु जस्तै फिट रहन चाहनुहुन्छ भने यहाँ केही टिप्सहरु बताइएको छ जसलाई जापानीहरुले अपनाउने गर्छन् । मोटोपन आफैमा कुनै गम्भीर समस्या त होइन ।

तर यसले अन्य गम्भीर शारीरिक समस्या भने ल्याउन सक्छ । मोटोपनको कारणले तपाईंलाई मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धी समस्याहरु हुन सक्छन् । त्यसैले आउनुहोस् जापानी तौल कम गर्ने टिप्सका बारेमा जानौं,

माइन्डफुल इटिंग

जापानी मानिसहरु तौल कम गर्नका लागि माइन्डफुल इटिंगमा फोकस गर्छन् । यस्तोमा तपाईंले खानालाई सानो प्लेटमा लिनुपर्ने हुन्छ यसले तपाईं आवश्यकता भन्दा धेरै खानुहुँदैन । साथमा जापानीहरु भोक लागेको ८० प्रतिशत नै खान्छन् जसले गर्दा पाचन प्रक्रिया सही रहन्छ ।

सन्तुलित भोजन

जापानी व्यक्तिहरु पोषक तत्वले भरपूर खाना खान्छन् । उनीहरुको दैनिक खानपानमा आमरुपमा माछा, तरकारी, टोफु र चामल जस्ता स्वस्थकर चीजहरु हुन्छन् । उनीहरुको स्वस्थकर खानपानमा फाइबर, भिटामिन र मिनरल्सहरु धेरै हुन्छन् ।

यी सबै न्यूट्रियन्ट्स शरीरका लागि फाइदाजनक हुन्छन् ।

जापानी व्यक्तिहरु आफूलाई फिट राख्नका लागि शारीरिक क्रियाकलापमा ध्यान धेरै दिन्छन् । यस्तोमा उनीहरु सानो दुरीमा जानका लागि साइकलको अत्यधिक प्रयोग गर्छन् । साथमा बजार वा घर नजिक किनमेलमा जाँदा पैदल जान रुचाउँछन् ।

ग्रीन टी

तौल कम गर्नका लागि शरीरलाई हाइड्रेट राख्न एकदमै जरुरी हुन्छ । हाइड्रेशनले शरीरको पाचन प्रक्रियालाई राम्रो बनाउँछ । यसका लागि उनीहरु ग्रीन टी पिउन रुचाउँछन् । जसले मेटाबोलिज्म बुस्ट हुन्छ र मोटोपनमा कमी आउँछ ।

तातो पानीले नुहाउने

जापानका व्यक्तिहरु तातो पानीले नुहाउन मन पराउँछन् । यसले शरीरमा रक्तसञ्चारलाई राम्रो बनाउँछ । साथमा मेटाबोलिज्म बढ्छ जसले गर्दा तौल नियन्त्रणमा रहन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १७:५७