सरस्वती पूजा आउन केही दिनमात्र बाँकी रहेका बेला सुनसरीमा सरस्वती मूर्तिको कारोबारमा वृद्धि भएको छ । माटोको कलात्मक सरस्वतीको प्रतीक राखेर निजी तथा सामुदायिक शैक्षिक संस्था तथा स्थानीयले पूजाअर्चना गर्ने भएपछि मूर्तिको माग बढेको हो । जिल्लामा सरस्वती पूजा नजिक आएसँगै मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ ।
यहाँका मूर्तिकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ भने मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए । यहाँका विद्यार्थी र शिक्षकले मनाउने विशेष उत्सवका रुपमा सरस्वती पूजा गर्ने भएकाले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो ।
सरस्वती पूजालाई लक्षित गरेर इनरुवाका मूर्तिकारले हजारौँ मूर्ति निर्माण गरेका छन् । मूर्तिकारले रु दुई हजारदेखि २५ हजारसम्मका कलात्मक मूर्ति बनाएर बिक्री गर्ने तयारीमा रहेको मूर्तिकार राजकुमार यादवले बताए । इनरुवाका एक जना मूर्तिकारले मात्रै तीन जना सहयोगीको साथमा १०१ वटा सरस्वतीको मूर्ति निर्माण गरेका छन् ।
उनले तयार पारेका मूर्तिमध्ये ७५ वटा मूर्ति बिक्री भइसकेको छ । सुनसरीमा १० हजारको सङ्ख्यामा सरस्वतीको मूर्ति निर्माण र खरिद बिक्री हुने गरेको छ । मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय उपभोक्ताले बताएका छन् । यसरी विभिन्न समयमा मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।
यसरी मूर्तिकारले गरेको कामलाई संरक्षण गर्नसके मूर्तिकार विभिन्न समस्या र चुनौतीको सामना गरेर निर्माण गरेको मूर्तिको उचित मूल्य पाउनुमा कुनै दुई मत देखिँदैन । त्यसैले सरकारले समेत मूर्तिकारलाई समय समयमा तालिम प्रदान गर्नु जरुरी रहेको स्थानीय मूर्तिकारको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुनसरी