पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशका केही भूभागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
पहाडी भूभागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । तराई क्षेत्रका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाले दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।
पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । काठमाडौंमा आज वर्षाको सम्भावना छैन नभए पनि बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं