उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक र तत्कालीन नायब महाप्रबन्धकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उदयपुर सिमेन्ट उद्योगमा उपकरण खरिद गर्ने क्रममा २२ लाख ७६ हजार ३०५ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बुधबार विशेष अदालत काठमाडौँमा उनीहरुविद्ध आरोपपत्र दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
उपकरण खरिद गर्दा आवश्यकता र औचित्यता नभएको प्राविधिक दृष्टिले रितपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानी गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा उदयपुर सिमेन्ट उद्योगलाई गैरकानुनी हानि पुर्याएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
प्रवक्ता घिमिरेका अनुसार तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नबल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुव बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध मुद्दा दायर भएको हो ।
आयोगद्वारा जारी विज्ञप्तिमा उहाँहरूले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका लागि उपकरण खरिद गर्दा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामाग्री खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ