काठमाडौंका केही ठाउँमा बुधबार दिउँसो छिटफुट वर्षा भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंका चाबहिल, बालाजु, महाराजगञ्ज लगायतका क्षेत्रमा छिटफुट वर्षा भएको हो।
‘एक दुई स्थानमा छिटफुछट वर्षा भएको हो, केही बेर पानी पर्यो र रोकियो,’ उनले भने।
उनकाअनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण हल्का वर्षा भएको हो। काठमाडौंको आकाश बुधबार दिउँसो धुम्म परेको छ। अन्य दिनको तुलनामा आज चिसो केही बढी महसुस भएको छ।
काठमाडौंबाहेक ताप्लेजुङ र मनाङमा पनि हल्का वर्षा भएको छ। झाका अनुसार मनाङमा पछिल्लो ६ घन्टामा २.५ मिलिमिटर र ताप्लेजुङमा १.५ मिलिमिटर वर्षा भएको छ।
मनाङको हुम्डे, सोलुखुम्बुको लुक्ला, हुम्ला लगायत उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको मौसमविद झाले जानकारी दिए।
उनले अहिले नै हिउँदे वर्षा गराउने प्रणाली भने सक्रिय नभएको बताए। ‘पश्चिमी वायुको सामान्य प्रभाव हो, वर्षा गराउने प्रणाली अझै सक्रिय भइसकेको छैन,’ उनले भने।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ