लगातार कारोबारको छैटौं दिन सेयर बजार झरेको छ । अघिल्लो बुधबारदेखि नै कारोबार भएका सबै दिन सेयर बजार घटिरहेको छ । आज बुधबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १० अंक झरेको हो । सो अंकको कमीपछि नेप्से २०८८ अंकमा कायम भएको छ ।
बुधबार कारोबारको सुरुवाती समयमा बजार बढ्दै जाँदा सवा ११ बजे २१२० अंकसम्म पुगेको थियो । सवा ११ बजेदेखि ओरालो लागेको बजार अन्तिम समयसम्म आउँदा ०.४८ प्रतिशत घट्न पुग्यो । ८० कम्पनीको मूल्य बढ्दा १५३ कम्पनीको मूल्य घट्यो भने १४ को स्थिर रह्यो ।
बजार घट्दा कारोबार रकम पनि खुम्चिरहेको छ । अघिल्लो दिन ४ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडमा खुम्चियो । बैंकिङ समूह जम्मा १ अंक हरियो रह्यो भने अरु समूहहरू घटेका छन् ।
विकास बैंक ४०, फाइनान्स ८, होटल तथा पर्यटन ७, हाइड्रोपावर ३३, जीवन बीमा ३८, उत्पादन १२, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ३२, अन्य १० र ब्यापार समूह ३० अंक घटे । प्रतिशतका आधारमा लगानी समूह सबैभन्दा धेरै १.६ प्रतिशत घट्यो ।
चन्द्रागिरि हिल्स र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्त र समाज लघुवित्तको ६ प्रतिशत मूल्य बढ्यो । तेह्रथुम पावरको मूल्य भने १० प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ५, कामना सेवा विकास बैंकको ३.८ र हाथवे इन्भेस्टमेन्टको मूल्य ३.६ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, अरुणकाबेली पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र अपी पावर क्रमशः अगाडि रहे ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ