आफ्नो घरको छतबाट हाम फालेर गम्भीर घाइते भएका धनगढीका एक व्यवसायीको मृत्यु भएको छ।
धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक सन्तोष अग्रवालको मृत्यु भएको हो।
आज बिहान करिब ११ः२० बजेको समयमा आफ्नो घरको पाँचौँ तलाबाट हाम फालेका अग्रवाल गम्भीर घाइते भएका थिए।
धनगढीको नवजीवन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। छतबाट हाम फालेका उनलाई उपचारका लागि तत्कालै नवजीवन अस्पताल पुर्याइएको थियो।
प्रहरीका अनुसार अग्रवालले आत्महत्या गर्नुको कारण भने खुलेको छैन। शृंगारको व्यवसाय सञ्चालन गर्दै आएका अग्रवालका पत्नी र दुई छोरा छन्। शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ