नेपाल बैंक लिमिटेडले नेकपा एमालेका दिवङ्गत नेता सुवास नेम्वाङको घरजग्गा लिलामी सम्बन्धी सूचना निकालेको छ । नेता नेम्वाङको गत भदौँ २५ गते निधन भएको थियो । नेवाङको मृत्यु भएको चार महिनापछि बैंक गत शुक्रवार उनको घरजग्गा लिलामीको ३५ दिने सूचना निकालेको हो । बैङ्कले फागुन १० गत भित्र कर्जा चुक्ता गर्न भनेको छ ।
पाम फुड्स एन्ड वेभरेज टेक्नोलोजी प्रालिको नाममा नेपाल बैंकबाट कर्जा लिँदा नेम्वाङ व्यक्तिगत जमानीकर्ताको रूपमा बसेका थिए । नेम्वाङका भाइ बुहारी देवकुमारी लिम्बुले घरेलु तथा साना उद्योगमा कम्पनी दर्ता गरेर नेपाल बैंकबाट ऋण लिएका थिए । बैङ्कले देवकुमारीसँगै कम्पनीका अर्का सञ्चालक झापास्थित रुद्रप्रसाद गिरी पनि थिए ।
बैङ्कले नेम्वाङसँगै लिम्बु, गिरी, नेम्वाङका छोरा मिङ्सो, सम्याङ, भाई सुरेश कुमार, भतिजो मिराक, छोरी सुसाङ सुमा, पत्नी कलावती लगायतको नाममा ३५ दिने लिलामीको सूचना निकालेको छ । व्यक्तिगत जमानीकर्ताको रूपमा सुरेशकी छोरी कोमना नेम्वाङ र सिन्धुलीकी कुन्ता कार्कीको नाममा समेत सूचना जारी भएको छ ।
त्यस्तै व्यक्तिगत जमानीकर्तामा सुवास नेम्वाङका दुवै छोराहरु सुहाङ्ग नेम्वाङ र विशाल नेम्वाङ पनि रहेका छन् । बैङ्कले जारी गरेको सूचना अनुसार नेम्वाङको नाममा मालपोत कार्यालय इलाम स्थित इलाम–२ मा रहेको कित्ता नम्बर २४६ को क्षेत्रफल ६ रोपनी १५ आना जग्गा र जग्गाले चर्चेको सबै लिगतगापात समेत लिलामी हुने बताइएको छ ।
‘ऋणीहरूले लिएको कर्जाको साँवा र व्याज नियमित रूपमा नतिरेको हुँदा उक्त कर्जा असुलीका लागि पटक–पटक तर–ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन (अर्थात् मिति २०८०–११–१० गते) मित्रमा ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरूलाई सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्न गराउनुहुन यो अन्तिम मौका दिइएको छ,’ सूचनामा भनिएको छ, ‘उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा सम्बन्धित पक्षलाई कालोसूचीमा राखिन्छ ।’
सूच्नामा लिलाममा डाँक बढाबढ गरिलिन चाहने इच्छुक महानुभावहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३६ औँ दिन (२०८०–११–११ गते) बिदा परेमा सोको भोलिपल्ट वा लगत्तै कार्यालय खुलेको दिनको बिहान ११ बजे यस बैकको तपसिलमा उल्लिखित शाखामा उपस्थित भई आफूले सकार गर्न चाहेको मूल्यमा बोलकबोल गर्नुहुन यसै सूचनाद्वारा आह्वान गरिन्छ,’ भनिएको छ ।
कर्जा सुरक्षणार्थ रहेको उल्लिखित घर जग्गाबाट समेत बैङ्कको सम्पूर्ण लेना रकम असुल उपर नभएमा कर्जा सम्झौता र प्रचलित नियम कानुन बमोजिम ऋणी सञ्चालक तथा जमानीकर्ताहरूको अन्य चल अचल जायजेथा र श्रीसम्पत्तिबाट बाकी लेना रकम असुल उपर गरिने सूचनामा उल्लेख छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं