सूचनाको शक्ति - The Power Of Information

        

तीन महिनादेखि गृह सचिवको घर्रामै थन्कियो सईको बढुवा फाइल

सशस्त्र प्रहरी बल नेपालले आज माघ ९ गते २३ औ बार्षिक उत्सव मनाउँदै गरेको अवस्थामा आइजीपीले केहीलाई आशा र केहीलाई निराशा दिएका छन् । निराशा उनको कारणले नभई गृह सचिवको कारणले निराशामा बद्लिएको हो ।

वार्षिक उत्सवमा प्रहरी महानीरिक्षक (आइजीपी) राजु अर्यालले संगठनमा कार्यरत कर्मचारीमा लागि नयाँ नयाँ कार्यक्रम पनि घोषणा गर्दैछन् । ती योजनालाई संगठनमा क्रियाशील रहेका प्रहरी कर्मचारीले सकारात्मक रुपमा लिने अपेक्षा सशस्त्र प्रहरी बलले गरेको हुनसक्छ । तर संगठनभित्र एउटा पक्ष लामोसमयसम्म अन्यायमा परेको विषय भने ओझेलमा छ ।

२०६० सालमा सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा भर्ना भएको टोली मध्ये १६ जना १८ वर्षदेखि एउटै पदमा कार्यरत छन् । उनीहरु २०६३ फागुन र २०६४ असारमा बढुवा भएका १६ जना सशस्त्र प्रहरी नायव नीरिक्षकहरुको बढुवा अहिलेसम्म हुन सकेको छैन । सशस्त्र प्रहरीको लेखा फाँटमा कार्यरत उनीहरुको अहिलेसम्म बढुवा हुन सकेको छैन ।

सशस्त्र प्रहरी मूख्यालयले बढुवाका लागि गृह मन्त्रालयमा फाइल पठाइसकेको छ । तर आफ्नो बार्षिक उत्सवमा उनीहरुका लागि खुशी बाड्न सकेको छैन । गृह सचिव दिनेश भट्टराईको घर्रामा उनीहरुको बढुवा सम्बन्धी फाइल अड्केर बसेको छ । गृह सचिव भट्टराई घर्रामा फाइल अड्काउदा प्रहरी महानीरिक्षक राजु अर्यालले उनीहरुका लागि वार्षिक उत्सवमा मनाउदै गर्दा काँधमा फूली थप्न नसक्ने अवस्था सिर्जना भएको हो ।

उनीहरु भन्दा पछि बढुवा भएका ८४ जना र सिसं ५७३ जना समेत बढुवा भैसक्दा उनीहरु भने अझै सईमा बसेका छन् । सशस्त्र प्रहरी बलले गत असोजमा उनीहरुको बढुवा लागि गृह मन्त्रालयमा लेखि पठाएको थियो । फाइल गृह सचिवकै घर्राबाट बाहिर निकाल्न सशस्त्र प्रहरीले पटक पटक पत्रचार गरेको भए पनि अहिले पनि सदर हुन सकेको छैन ।

अहिलेकै प्रावधान कायम रहेमा बढुवा हुन बाँकी रहेका लेखा उपसमूहका सई अभैm १० वर्ष बढुवा नहुने र अबको १० वर्षपछि उनीहरु अनिवार्य अवकाश जाने भएकाले अन्यायमा परेको विषयमा गृहमन्त्रालय अझै सजग नभएकाले उनीहरुको वृत्ति विकासमा असर परेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १२:५९

लोकप्रिय