सूचनाको शक्ति - The Power Of Information

        

बंगलादेशमा छात्रवृत्तिमा डाक्टर पढ्न आवेदन माग

बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा डाक्टर विषय पढ्नका लागि आवेदन खुलेको छ ।

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूका आवेदन मागेको हो । छात्रवृत्तिमा अध्ययन गर्न योग्यता पुगेका इच्छुक नेपालीले पर्सि १२ गते दिउँसो ३ बजेभित्र आफ्नो प्रोफाइलमार्फत अनलाइन आवेदन पेस गर्न आव्हान गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारको लागि शैक्षिक सत्र २०२३/२४ मा स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट प्राप्त भएको र त्यस लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार ०९:३७

लोकप्रिय