नेपाल प्रहरीमा सूचना नदिई सेवाबाट अलग हुने क्रम रोकिएको छैन ।
पछिल्लो समय यो क्रम बढेको देखिन्छ । प्रहरी प्रधान कार्यालय नक्सालले हाजिर हुन आउन निकाल्ने सार्वजनिक सूचनाले यसलाई पुष्टि गर्छ । हरेक महिनाजसो प्रहरी प्रधान कार्यालयले सूचना गरी गर्दै तत्काल हाजिर हुन आउन आग्रह गर्दै आएको छ ।
बुधबार (आज) पुनः प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै तत्काल सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।
सात दिनभित्र हाजिर नभए सेवाबाट हटाउनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ । आज २४ जनाविरुद्ध प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । जसमा प्रहरी सहायक नीरिक्षकदेखि प्रहरी जवानसम्म छन् ।
आज २४ जनाविरुद्ध प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । जसमा प्रहरी सहायक नीरिक्षकदेखि प्रहरी जवानसम्म छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ