जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका अधिकांश भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर समेत चलेको छ ।
महाशाखाले आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति मुलुकका अधिकांश भागमा मौसम सफा रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना छ ।
मुलुकका विभिन्न भागमा हुस्सु, कुहिरो तथा हिमपात हुनसक्ने भएकाले यसबाट हुने असरबाट जोगिन सबैमा महाशाखाले अनुरोध गरेको छ ।
आज सूर्योदय बिहान ६ बजे ५४ मिनेट र सूर्यास्त साँझ ५ बजेर ३७ मिनेटमा हुनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ