२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

‘के भुल गरें थिएँ र मैंले’ मा उमा र सिमान्त(भिडियो)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ ९ गते मंगलबार

गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘के भुल गरें थिएँ र मैंले’ बोलको गीतमा शब्द रचना अर्जुन थेबेको र संगीत देवराज आले मगरको रहेको छ।

कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन्। भिडियोमा सन्तान नहुँदाको पारिवारिक तनाबलाई देखाउन खोजिएको छ।

बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन निर्देशक स्वयम् कमलको रहेको छ भने कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन्।भिडियोमा अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन्।

भिडियो गायिका उमा श्रेष्ठको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : २०८० माघ ९ गते मंगलबार