बाँकेमा दुई सातापछि मङ्गलबार घाम लागेको छ। घाम लागेछि सर्वसाधारणको दैनिकी सामान्य बनेको छ।
दुई साता अघि सुरु भएको शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढ्दै गएपछि यहाँको जनजीवन कष्टकर बनेको थियो। दुई साता भन्दा बढी समयसम्म निरन्तर चलेको शीतलहर र चिसोबाट मङ्गलवार जिल्लावासीले राहत पाएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो।
चिसोले गर्दा सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, मजदुर र ठेला रिक्सा चलाएर दैनिकी चलाउने सर्वसाधारण धेरै प्रभावित बनेका थिए। चिसो बढेकै कारण विद्यालयमा जाडो बिदा गरिएको थियो भने स्थानीय सरकारले पालिकामा आगो ताप्नका लागि दाउरा वितरण गरेका थिए।
घाम लागेपछि चिसोमा देखिने स्वास्थ्य समस्याको समाधान बिस्तारै हुँदै जाने चिकित्सकले बताएका छन्। भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालका अनुसार चिसो बढेसँगै स्वास्थ्य समस्यासमेत बढेको थियो। उहाँले अझै केही दिन बिहान, बेलुका र रातको समयमा चिसो धेरै हुने हुँदा बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके